फुटबल टिमलाई तरुण विभागले नगदसहित सम्मान गर्ने

काठमाडौं । नेपाली कांग्रेसको तरुण विभागले फुटबलमा इतिहाँस रच्न सफल नेपाली फुटबल टिमलाई एक लाख एघार हजार र सम्मान पत्रद्वारा सम्मान गर्ने निर्णय गरेको छ ।

काठमाडौंको पानीपोखरीस्थित विभागको कार्यालयमा बसेको बैठकले फुटबल टिमलाई नगदसहित सम्मान गर्ने निर्णय गरिएको विभागका संयोजक एवम् पूर्वमन्त्री शंकर भण्डारीले जानकारी दिए ।

असोज ३० गते माल्दिभ्समा सम्पन्न भएको साउथ एसीयन फुुटबल फेडेरेसनको खेलमा नेपालको तर्फबाट खेलाडीहरूले उत्कृष्ठ खेल प्रदर्शन गरेका थिए ।

नेपालको फुुटबल खेल इतिहाँसको २८ वर्षपछि फाईनल खेलमा प्रवेश गरेको उपलक्ष्यमा नेपाली टिमलाई तरुण विभागको तर्फबाट काठमाडौंमा खेलाडी, प्रशिक्षक तथा व्यबस्थापकहरूलाई नगद एक लाख एघार हजार र सम्मान पत्रद्वारा सम्मान गर्ने निर्णय गरेको छ ।

पुुरस्कार वितरण तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम सम्पन्न गर्नका लागि तरुण विभाग केन्द्रीय सदस्य पासाङ्ग नोर्बुु शेर्पाको संयोजकमा सात सदस्य समिति गठन भएको छ । समितिले सम्पूर्ण तयारी गर्नेछ ।

फाईनलमा नेपाली फुटबल टिम भारतसँग भिडेको थियो । भारतसँग नेपाली टिम पराजित भए पनि इतिहाँस रच्न सफल भएको छ ।

Published : Thursday, 2021 October 21, 8:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया