कांग्रेस नेता महर्जनद्वारा फुटबल विजेता टिमहरूलाई पुरस्कार वितरण

लप्से । ललितपुर जिल्लामा दशैँका अवसरमा आयोजित सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

श्री जनचेतना युवा क्लब, लप्सेद्वारा गोदावरी नगरपालिका– ६ मा आयोजित दशैँ कप सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता सम्पन्न भएको हो ।

प्रमुख अतिथि एवम् नेपाली कांग्रेसका युवा नेता तथा खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले प्रतियोगिताका प्रथम द्वितीय र तृतीय टिमलाई मेडल, ट्रफीसहित प्रमाण पत्र प्रदान गरेका छन् ।

महर्जनले उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र उच्च गोलकर्ता खेलाडीहरूलाई नगद पुरस्कारसहित मेडल पनि प्रदान गरेका छन् ।

कार्यक्रम विशिष्ट अतिथी गोदावरी नगरपालिकाकी उप–मेयर मुना अधिकारी, नेपाली कांग्रेस ललितपुर जिल्ला क्षेत्र नं. १ सभापति राजन घिमिरे, नेपाली कांग्रेस ललितपुर जिल्ला क्षेत्र नं.१ प्रदेश ‘ख’का सभापति रामकृष्ण लामा ‘ईन्द्र’, नेपाली कांग्रेस ललितपुर जिल्ला क्षेत्र नं. १ प्रदेश ‘क’ सभापति सुन्दरमान थिङको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसको तरुण विभाग बागमती प्रदेशका सचिव उमेशमेहेर कायस्थ, गोदावरी नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ५ का वडाध्यक्ष मिलन सिलवाल, गोदावरी नगरपालिका–६ का अध्यक्ष विष्णुमान महर्जन, नेपाल तामाङ घेदुङ्ग संघ ललितपुरका जिल्ला अध्यक्ष ज्ञानबहादुर लो, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरीय खेलाडी लगायत अतिथिहरूको उपस्थिति रहेको थियो ।

क्लबका अध्यक्ष चन्द्रबहादुर तामङले आयोजकको तर्फबाट सम्पूर्ण प्रथम, द्वितीय र तृतीय साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र उच्च गोलकर्ता खेलाडीहरूलाई बधाई दिएका छन् ।

प्रतियोगिता सफल बनाउन सम्पूर्ण जिम्मेवारी गोदावरी नगरपालिका वडा नं. ६ का इकाई सभापति अर्जुन थोकर, नेपाल तरुण दल ललितपुर जिल्ला सदस्य किक बक्सिङका पूर्व राष्ट्रिय खेलाडी इन्द्र तामाङ र ललितपुर जिल्ला तामाङ संघका रोजिन मार्पा लगायतको समन्वयमा प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतियोगितामा प्रथम हुने सल्यान युवा क्लबलाई ५० हजार, दोस्रो हुने महाँकाल युवा क्लबलाई ५० हजार, दोस्रो हुने २५ हजार र तृतीय हुने ज्ञानकुण्ड टिमलाई १५ हजार प्रदान गरिएको थियो । प्रतियोगितामा १८ टिमले सहभागिता जनाएका थिए ।

Published : Monday, 2021 October 11, 8:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया