अध्यक्ष अन्सारी र पाकिस्तानी क्रिकेटका पूर्व कप्तानबीच भेट

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसँग पाकिस्तानका राष्ट्रिय टोलीका पूर्व कप्तान शाहीद अफ्रिदीले भेटवार्ता गरेका छन् ।

शुक्रबार ललितपुरको जावलाखेलस्थित आयोगको कार्यकक्षमा अध्यक्ष अन्सारी र पाकिस्तान क्रिकेटका पूर्व कप्तान अफ्रिदीबीच भेटवार्ता भएको आयोगले जनाएको छ ।

भेटवार्तामा नेपालको क्रिकेट र पाकिस्तानबाट हुन सक्ने सहयोग लगायतका विषयमा कुराकानी भएको थियो । अफ्रिदीले नेपालले क्रिकेटमा राम्रो काम गरेको भन्दै नेपाली खेलाडीहरूको प्रशंसा गरेका छन् ।

अफ्रिदीले एभरेस्ट प्रिमियर लिगका आयोजकहरू आमिर अख्तरसँग पनि शिष्टाचार भेट गरेका छन् ।

Published : Friday, 2021 September 24, 11:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया