उर्फीलाई पोर्न स्टारको आरोप

मुम्बई । सामाजिक सञ्जाल मिडियाकी इन्फ्लुएन्सर तथा बिग बोस ओटीटीकी प्रतिस्पर्धी उर्फी जावेदले आफ्ना परिवारले आफूलाई पोर्न स्टार को संज्ञा दिएको बताएकी छन् ।

बिग बोस ओटीटीबाट एलिमिनेट भएपछि उर्फीले दिएको एक अन्तरवार्तामा एडल्ट वेभसाइटमा फोटो अपलोड भएपछि परिवारले पोर्न स्टार सम्झिएका बताइन् ।

उनले परिवारले दुखको समयमा साथ नदिएको समेत बताइन् । एडल्ट वेभसाइटमा उर्फीको फोटो अपलोड भएपछि उनलाई परिवारले गोप्य रुपमा पोर्नमा काम गरेको सम्झन्थे ।

उनका पिताले उनलाई सोही मामिलामा शारीरिक र मानसिक यातना पनि दिए । आफन्तले उनलाई पोर्न स्टार भनेर बोलाउन पनि थालेका थिए । उनी पोर्न स्टार हो वा होइन भनेर उनका परिवारले उनको बैंक खाता समेत चेक गरेका उनी बताउँछिन् । एजेन्सी

Published : Saturday, 2021 August 28, 11:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया