यस्तो छ सामसङको फोल्ड गर्न मिल्ने नयाँ फोन

काठमाडौं । सामसङले फोल्ड गर्न मिल्ने नयाँ फोन ल्याउने भएको छ । सामसङले अगस्ट ११ तारिखमा नयाँ फोन सार्वजनिक गर्नेछ ।

अगस्ट ११ मा भर्चुअल अनप्याक्ड इभेन्ट गर्ने तयारी छ । जसमा थुप्रै नयाँ उपकरण सार्वजनिक हुने घोषणा गरिएको छ ।

सामसङले कस्ता उपकरण सार्वजनिक गर्ने भनेर खुलाएको छैन । नयाँ पोस्टरमा देखिएअनुसार नयाँ फोल्डएबल फोन ‘ग्यालेक्सी जेड फोल्ड–३’ र ‘ग्यालेक्सी जेड फिल्प–३’ सार्वजनिक हुन सक्नेछ ।

फोल्ड गर्न मिल्ने फोनको डिजाइन जस्तै देखिने दुइटा चित्र देखिन्छ । चित्रको माथि गेट रेडी टु अनफोल्ड भनेर क्याप्सन लेखिएको छ । कम्पनीले फोल्ड गर्न मिल्ने फोन ल्याउन लागेको हो भनेर प्रष्ट बुझिन्छ ।

‘ग्यालेक्सी जेड फोल्ड–३’ र ‘ग्यालेक्सी जेड फिल्प–३’ फोनका जानकारीहरू इन्टरनेटमा लिक भइरहेका थिए । अन्डर डिस्प्ले क्यामरा हुने यी फोल्डअ‍ेबल फोनले एस पेन प्रो सर्पोट गर्नेछ ।

Published : Wednesday, 2021 July 21, 11:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया