शिव हमालको ‘पछेउरी मलमल’ रिलिज, टिकटकमा भाइरल अस्मिताको नृत्यु

काठमाडौं । शिव हमालको शब्द र संगीतमा ‘पछेउरी मलमल’ बोलको लोक दोहोरी गीत रिलिज भएको छ ।

हमालले आफ्नै युट्युब च्यानलबाट ‘पछेउरी मलमल’लाई रिलिज गरेका छन् । राम्रा गीतहरू सिर्जना गर्दै आएका हमालले दोस्रो लहरको कोरोना महामारीका बेला पनि जोखिम मोलेर गीत रिलिज गरेका छन् ।

गीतलाई दर्शक स्रोताले रुचाइदिएको हमालले बताएका छन् । ‘कोरोना महामारीका बेला पनि गीतले दर्शक स्रोताको माया पाएको छ’, उनले भनेका छन् ।

गीतमा गायक कुलेन्द्र बिक र गायिका कोपीला ढकालले स्वर दिएका छन् । यम थापाको एरेञ्ज रहेको गीतलाई मारुनी स्टुडियोमा रेकर्ड गरिएको छ ।

म्युजिक भिडियोलाई होम गुरुङले निर्देशन गरेका छन् । लोमस शर्मा र अस्मिता रनपालको अभियन रहेको म्युजिक भिडियोलाई सुवास अमगाइँले सम्पादन गरेका छन् ।

म्युजिक भिडियोकी मोडल अस्मिता रनपाल टिकटकमा निकै चर्चित छिन् । अस्मिताले टिकटकमा राखेका नृत्यका भिडियोहरूले एक लाखसम्म भ्यु पाएका छन् ।

Published : Tuesday, 2021 June 1, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया