अभिनेत्री श्वेताको दोस्रो विवाह पनि भाँडियो, तेस्रो बिहे गर्ने

मुम्बई । बलिउडा अभिनेत्री श्वेता तिवारीले आफ्ना दुई असफल वैवाहिक सम्बन्धका तीता अनुभव साटेकी छन् । इन्डियन एक्सप्रेसका अनुसार श्वेताले आफूले श्रीमानबाट घरेलु हिंसा खप्नु परेकोले दुई वटा वैवाहिक सम्बन्ध टिकाउन नसकेको बताएकी हुन् ।

आफ्नो व्यक्तिगत जीवनमा धेरै उतार चढाव भोगेकी श्वेताको किशोरावस्थामा राजा चौधरीसँग विवाह भएको थियो । २७ वर्षको उमेरमा उनले घरेलु हिंसाको आरोप लगाएर राजासँग सम्बन्ध विच्छेद गरिन् ।

सन् २०१३ मा उनले अभिनव कोहलीसँग विवाह गरेकी उनको दोस्रो विवाह पनि टिकेन । आफ्ना दुई वटा सम्बन्धबारे बोल्दै उनले पहिलो विवाहमा उनको घरेलु हिंसाको शिकार भएको बताएकी हुन् । उनले घरेलु हिंसा भोग्नुपर्दा पनि महिलालाई समाजले यस्ता घटनालाई सामान्य रुपमा लिएर वैवाहिक सम्बन्ध जोगाओस् भन्ने चाहेको बताइन् ।

उनको पहिलो विवाहबाट छोरी र दोस्रो छोरा छन् । ‘मध्यमवर्गीय परिवारमा, बाल्यावस्थादेखि नै सम्झौता र समायोजन गर्न भनियो । समाजले तपाईंलाई एक दुई थप्पड केही होइन भन्छ । मेरी आमाले त्यस्तो कहिले पनि भन्नुभएन’, उनले भनिन् । उनले यस्तो अवस्थामा महिलाले बच्चाको भविष्यबारे सोच्न दबाब दिनेसमेत बताइन् ।

‘जब मैले २७ वर्षको उमेरमा पहिलो श्रीमान छोडेँ, बच्चाका अगाडि आमा–बुवाले दिनहुँ झगडा गर्नु वा उनीहरूले बुवालाई मातेको देख्नु एक्लो आमा वा बुबासँग हुर्काउनुभन्दा नराम्रो कुरा हो’, उनले भनिन् ।

श्वेताले अनुभव सुनाइन्, ‘तपाईं विवाहपछि १० वर्षसँगै बसेर छुट्टिनु भयो भने कसैले प्रश्न गर्दैनन् । तपाईं दुई वर्षमै अलग हुनुभयो भने सबैले भन्छन् कति चोटी बिहे गर्छौ ?’ श्वेताका अनुसार दुई पटक सम्बन्ध असफल भइसकेकोले मानिसहरू उनलाई सल्लाह दिन आउँछन् र भन्छन्, ‘तेस्रो बिहे नगर ।’ उनको प्रश्न छ, ‘म उनीहरूलाई सोध्छु, को हुन उनीहरू ? के मेरो बिहे खर्च उनीहरूले तिर्नुपर्ने हो ? यो मेरो निर्णय हो । यो मेरो जीवन हो ।’

Published : Friday, 2021 April 9, 10:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया