कांग्रेस नेता खतिवडाद्वारा पोखरामा बी.टी.कप फुटबलका विजेतालाई ट्रफी प्रदान

पोखरा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले १४औँ बी.टी. कप तथा चौथो बीरेन स्मृति फुटबलका विजेता टिम र खेलाडीहरूलाई पुरस्कार प्रदान गरेका छन् ।

पोखरामा शनिबार सम्पन्न फाइनल खेलपछि आयोजित पुरस्कार वितरणका क्रममा प्रमुख अतिथि खतिवडाले विजेता टिमलाई नगदसहित ट्रफी प्रदान गरेका हुन् ।

सो क्रममा खतिवडाले खेल र खेलाडीले देशको नाम विश्वभरि फैलाउनेभन्दै खेलकुद क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताए । उनले खेलकुदको क्षेत्रमा अनुशासन निकै हुनेभन्दै राजनीतिमा पनि अनुशासनको खाँचो रहेको बताएका छन् ।

प्रतियोगितामा ४२ वटा फुटबल टिमको सहभागिता रहेको थियो ।

प्रथम भएको टिमले एक लाख बत्तीस हजार दुई सय बाईस रुपियाँ नगदसहित ट्रफी हात पारेको छ । दोस्रो भएको टिमले बयासी हजार दुई सय बाईस रुपियाँ र ट्रफी हात पारेको छ ।

Published : Saturday, 2021 March 6, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया