प्रताप दासको स्वरमा ‘हँसाउने उहि छ’, पुष्पराजको अभिनय

काठमाडौं । कलाकार पुष्पराज पुरुष लामो समयपछि अभिनयमा फर्किएका छन् ।

पछिल्लो समय अध्यात्ममा हराएका उनी करिव दशकपछि गजल शैलीमा तयार भजन गीत ‘हँसाउने उहि छ’मार्फत अभिनयमा फर्किएका हुन् ।

उनलाई अभिनयमा फर्काउने काम निर्देशक देवेन्द्र पाण्डेले गरेका छन् । पुष्पराजले करिब दशक अगाडि फिल्म श्रीमान् अभिनय गरेका थिए ।

प्रताप दासको स्वर र राजेन्द्र सुवेदीको संगीत रहेको भजनमा संगीतकार सुवेदीकै संगीत संयोजन छ । शब्द चन्द्र प्रसाइँ ‘परिस्कृत’ले लेखेका हुन् ।

गीतको भिडियो पनि बनेको छ । जसमा पुष्पराज पुरुष, उत्तम केसी, बालकलाकार सदुर्श चुडाल, प्रत्युस बिमली लगायतको अभिनय देख्न सकिन्छ ।

चक्र बरालको छायाँकन, विकाश दाहालको सम्पादन रहेको भजन गीतको भिडियो देबेन्द्र पाण्डेले निर्देशन गरेका हुन् ।

Published : Friday, 2021 February 19, 6:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया