एन्फाद्वारा ललितपुरका अध्यक्षको कारबाही फुकुवा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापामाथि गरिएको निलम्बन फुकुवा गरेको छ ।

एन्फाको सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले थापालाई गरेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

जेठमा थापालाई साधारणसम्मका लागि निलम्बन गरिएको थियो । सामाजिक सञ्जालमा जथाभावी लेखेर टिप्पणी गरेपछि थापा निलम्बनमा परेका थिए ।

एन्फाले खोटाङ, मनाङ र नवलपरासीलाई एन्फा सदस्यता प्रदान गर्न साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।

प्रमोद हमालको अध्यक्षतामा बनेको कर्णाली प्रदेश, लोकेन्द्र गुरुङको अध्यक्षतामा बनेको गण्डकी प्रदेश र भुपेन्द्र थापाको अध्यक्षमा बनेको लुम्बिनी प्रदेशलाई मान्यता दिने निर्णय एन्फाले गरेको छ ।

एन्फाले भरत बुढा थापा (जुम्ल) र बाबुकाजी बस्नेत (दोलखा) लाई सहायक महासचिव नियुक्त गरेको छ ।

Published : Tuesday, 2021 January 19, 10:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया