कांग्रेस बालुवाटार छिरेर गल्ती भएकै हो ?

सम्पादकीय

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओलीको रणनीति बुझ्न नसक्दा नेपाली कांग्रेसफेरि बद्नाम हुन पुगेको छ । ओलीले आफ्नो कुर्सी बचाउन प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग रणनैतिक रुपमा भेटेका छन् । देउवाले ओलीको रणनीतिलाई बुझन् नसकेको नेता कार्यकर्ताको आरोप छ । प्रधानमन्त्री ओलीसँग प्रमुख विपक्षी दलको नेतासँग भेट्ने विषयमा धेरै उछाल्न नहुने नेताहरूको भनाइ छ ।

ओली आफ्नै पार्टीभित्रबाट विवादामा परेका छन् । उनलाई प्रधानमन्त्री पदबाट हट्न ठूलो विवाद छ । ओलीले कांग्रेसलाई देखाएर पार्टीभित्रका बिरोधीहरूलाई ठेगान लगाउने षड्यन्त्र पूरा हुने अवस्था छैन । देउवाले पनिसँग भएका सबै कुराहरू पार्टीका नेताहरूसँग सेयर गरेका छन् । देउवाले यस पटक ओलीसँग भएको कुराकानीलाई नेताहरूमार्फत सार्वजनिक गरेर राम्रो गरेका छन् ।

बालुवाटारबाट कांग्रेसमा सरकारमा जान लाग्यो भनेर हल्ला फिजाइयो । जबकि जनताले कांग्रेसलाई ५ वर्ष प्रतिपक्षमा बस्न निर्देशन दिएका छन् । कांग्रेस सरकारमा जानु हुँदैन र बाहिर बसेर पनि समर्थन गर्नु हुँदैन । कांग्रेस पाँच वर्षसम्म प्रतिपक्षमै बस्नुपर्छ । नेकपाले सरकार चलाउनै पर्छ । उनीहरूले पार्टीभित्रको विवाद मिलाएर अगाडि बढ्ने सम्भावना निकै कम छ । यस्तो अवस्थामा ओलीले पार्टीमा रहेका विरोधीलाई ठेगान लगाउन कांग्रेसलाई प्रयोग गरेको हुन सक्ने अनुमान छ ।

नेपाली कांग्रेसले यसअघि ओलीसँग धोका पाइसकेको छ । कांग्रेसले सरकारलाई साथ पनि दिनु हुँदैन । सरकारमा पनि जानु हुँदैन । नेकपाभित्रको अन्तरद्वन्द्वले कांग्रेसलाई केही फाइदा हुन सक्छ । तर, लोकतन्त्रमा नेकपा फुट्नु भनेको राजनीतिक संकट निम्ताउनु हो ।

नेकपाले निर्वाचनमा घोषणा पत्रमा उल्लेख गरेका कुराहरूलाई नेताहरूले भुलेका छन् । आफ्नै नेता कार्यकर्तालाई सिध्याउन खोज्नेहरू कांग्रेसको असल कार्यकर्ता हुन सक्दैनन् । नेकपामा दाहाललाई ओलीले ठूलो समस्या बनाइदिएका छन् । ओली रहँदासम्म दाहालका राम्रा दिन देखिन छैन । कांग्रेसका कार्यकर्ताहरूले ओली सरकारको भ्रष्टाचार र अनियमितताका विषयमा भण्डाफोर गर्नुपर्ने माग गर्दै आएका छन् ।

कांग्रेस कार्यक्रमसहित जनतामा जानुपर्छ । अनिमात्रै कम्युनिस्ट सरकारको भण्डाफोर गर्नुपर्छ । कांग्रेस नेतृत्वले ओली सरकारप्रति किन नरम व्यवहार गरेको छ बुझ्न सकिएको छैन । विगतमा ओली र दाहालको अपवित्र गठन भएको भन्दै विरोध भएको थियो । कांग्रेसले जनताका दुःख, पीडालाई बुझ्नुपर्छ । ओलीले बोलाउँदैमा बालुवाटार पुगेर देउवाले सत्ताका लागि कुरा गर्न नहुने बताएका छन् ।

Published : Friday, 2020 November 27, 8:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया