दाङ कांग्रेसद्वारा स्व.न्यौपानेप्रति श्रद्धाञ्जलि व्यक्त

घोराही । नेपाली कांग्रेस दाङले महासमिति सदस्य स्व.लक्ष्यबहादुर न्यौपानेको १३औँ दिनको पून्यतिथिका अवसरमा श्रद्धाञ्जलि सभा राखेर श्रद्धाञ्जलि दिएको छ ।

दाङको हापुरस्थित स्व.न्यौपानेको निवासमा बिहीबार बिहान आयोजित कार्यक्रममा कांग्रेसका नेता कार्यकर्ताहरूले स्व.न्यौपानेप्रति श्रद्धाञ्जलि दिएको नेपाली कांग्रेसका युवा नेता एवम् जनसम्पर्क समिति समन्वय विभागका सदस्य प्रज्ञान न्यौपानेले जानकारी दिए ।

सहभागीहरूले स्व.न्यौपानेले पार्टीप्रति गरेको योगदानको स्मरण गरेका थिए । उनीहरूले स्व.न्यौपानेलाई दाङ कांग्रेसले सधैँ स्मरण गर्ने बताएका छन् ।

श्रद्धाञ्जलि कार्यक्रममा दाङ कांग्रेसका सभापति कीर्तिबहादुर खड्का, उपसभापति कमानसिंह भारती, दाङ क्षेत्र नं. २ का सभापति भुपबहादुर डाँगी, प्रदेश सांसद अर्जुन श्रेष्ठ, दाङ कांग्रेसका सचिव शंकर डाँगी, नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महर, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, नेपाली कांग्रेस संगठन विभागका सदस्य गणेश विष्ट, नेपाली कांग्रेस महिला विभागकी सचिव लक्ष्मी खतिवडा, प्रदेश सांसदका उम्मेदवार भरतबहादुर न्यौपाने, नेपाल दलित संघ दाङका पूर्वअध्यक्ष खेम विश्वकर्मा, नेविसंघ दाङका कार्यबाहक अध्यक्ष टोपबहादुर बुढाथोकी, नेपाल तरुण दल चितवनका उपाध्यक्ष प्रमेश राई, नेपाल तरुण दल नेपालगञ्ज नगर कार्यसमितिका अध्यक्ष सञ्जीवजंग शाह, कांग्रेस नेता टेकबहादुर डाँगी, कांग्रेस नेतृ सुशीला थापा, नेविसंघका पूर्व सह–महामन्त्री प्रचण्डबिक्रम न्यौपाने, एनप्याब्सनका सचिव सुवास न्यौपाने, कांग्रेसका युवा नेता केशव नेपालीलगायतको उपस्थिति रहेको थियो ।

स्व.न्यौपाने नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् महिला विभागकी प्रमुख ईश्वरी न्यौपानेका पति पनि हुन् ।

स्व.न्यौपाने तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक)को केन्द्रीय कार्यालयका सचिव समेत रहेका थिए । न्यौपानेको कोरोनाभाइरसको संक्रमणका कारण नेपालगञ्जमा उपचारका क्रममा निधन भएको थियो ।

Published : Thursday, 2020 November 26, 12:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया