यी हुन् आफ्नै पत्नीलाई यौनसम्पर्क गर्दा पक्राउ पर्ने पति

बर्दिया । बर्दिया जिल्लामा आफ्नै पत्नीलाई जबरजस्ती यौनसम्पर्क गरेको अभियोगमा ४४ वर्षीय कमल (नाम परिवर्तन) पक्राउ परेका छन् ।

आफ्नै पत्नीलाई जबरजस्ती यौनसम्पर्क गरेको अभियोगमा बाँसगढी नगरपालिका–९ माछागढ बस्ने पुरुषलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

कमलले ४१ वर्षीया श्रीमती राधिका (नाम परिवर्तन)लाई कुटपिट समेत गरी जबरजस्ती यौनसम्पर्क गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको विज्ञप्तिमा जनाएको छ ।

उता, कपिलवस्तुमा ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बुद्धभूमि नगरपालिका–१० भगवानपुरस्थित बुद्ध ज्ञान ज्योति बोर्डिङ स्कूलका प्रिन्सिपल कपिलवस्तु नगरपालिका–१ मालटोल बस्ने ४० वर्षीय यम खानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खानले मंसिर ४ गते ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2020 November 25, 5:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया