नेकपाका सचिवको हत्या गर्ने मुख्य आरोपी पक्राउ

कृष्णा यादव

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले विन्दवासिनी गाउँपालिका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कमिटीका सचिव मुकेश चौरसियाको हत्यारामा संलग्न मुख्य आरोपी अखिलेशप्रसाद भन्ने अशेसरप्रसाद चौरसियालाई पक्राउ गरेको छ ।

सोही गाउँपालिका–३ का ३८ वर्षीय अखिलेशप्रसादलाई प्रक्राउ गरिएको पर्सा प्रहरीकी प्रमुख एसपी गंगा पन्तले जानकारी दिइन् ।

अखिलेशप्रसादलाई प्रहरीले आइतबार वीरगञ्ज महानगरपालिका–२५ अलौ सिर्सियाबाट पक्राउ गरेको पन्तले बताएकी छिन् ।

चौरसियाको हत्या गत कात्तिक ६ गते भएको थियो । सचिव चौरसियाको हत्यापछि अशेशरप्रसाद फरार थिए ।

विन्दवासिनी–५ मा पार्टीको सपथग्रहणका क्रममा दुई समूहबीच विवाद हुँदा चौरसियालाई बाँसले टाउकोमा प्रहार गरिएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको थियो । घटनामा मुख्य तीन आरोपीमध्ये दुई जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

Published : Sunday, 2020 November 22, 11:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया