महराको अश्लील भिडियो काण्ड बाहिरियो

काठमाडौं । सिरहाका अजय महराले २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेर अश्लील भिडियो बनाएर ब्ल्याकमेलिङ गरेको खुलासा भएको छ ।

अश्लील भिडियो बनाई ब्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका–४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

ती महिलालाई सोही नगरपालिका–४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेका थिए ।

सो भिडियो देखाई ब्ल्याकमेल गर्दै ती महिलालाई पटक–पटक जबरजस्ती करणी गर्ने योजना बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले अजयलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

हाल फरार जितन रामको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । (फाइल तस्बिर)

Published : Thursday, 2020 November 19, 6:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया