ओलीसँग बबण्डर भइरहेका बेला दाहाल–नेपालद्वारा कानून व्यवसायीसँग परामर्श

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद भइरहेका बेला दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले कानूनविदसँग परामर्श गरेका छन् ।

दाहाल र नेपालसहितका नेताहरूले बिहीबार बिहान काठमाडौंको कोटेश्वरस्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा कानून व्यवसायीहरूसँग परामर्श गरेका हुन् । उनीहरूले परामर्श के विषयमा भएको केही जानकारी दिइएको छैन ।

दाहाल–नेपालसहितका नेताहरू नेपाल बार एसोसियसनका अध्यक्ष चण्डिश्वर श्रेष्ठ, पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानलगायतका वरिष्ठ कानूनविदहरूसँग परामर्श गरेको एक नेताले बताएका छन् ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष खड्गप्रसाद ओलीसँग विवाद भइरहेका बेला दाहाल–नेपालद्वारा कानून व्यवसायीहरूसँग परामर्श गरेको विषयलाई नेकपाका नेता कार्यकर्ताहरूले रहस्यका रुपमा लिएका छन् ।

Published : Thursday, 2020 November 5, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया