काठमाडौंको गेष्ट हाउसमा ललितपुरकी युवतीको शव

काठमाडौं । काठमाडौंको गेष्ट हाउसमा ललितपुरकी २५ वर्षीय अनु थापा मगर नाम गरेकी युवती शव फेला परेको छ ।

कोटेश्वरको पाथीभरा भोजनालय एण्ड गेष्ट हाउसमा बुधबार काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान नजिकको गेष्ट हाउसको २०४ नम्बरको कोठामा थापाको शव फेला परेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त, बानेश्वरका डिएसपी दक्ष बस्नेतले युवती मंगलबार राति आएर गेष्ट हाउसको कोठामा बसेको बताए । खाना खान नआएपछि गेष्ठ हाउसको कामदारले गएर हेर्दा युवती मृत फेला परेको डिएसपी बस्नेतले बताए ।

ती युवतीको मृत्युको कारण खुल्न सकेको छैन । कोठाबाट लागुऔषध पनि भेटाएको डिएसपी बस्नेतले बताएका छन् । उनले घटनाका विषयमा अनुसन्धान शुरु भएको बताएका छन् ।

युवतीको शवलाई पोष्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।

Published : Wednesday, 2020 November 4, 8:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया