सभामुखका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश, बस्नेतद्वारा भब्य स्वागत

बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बाह्रबिसे नगरपालिकाको मानेश्वरामा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नेकपाका नेता कार्यकर्ता पार्टीमा प्रवेश गराएका हुन् ।

खेलकुद विभागका प्रमुख समेत रहेका बस्नेतले नेकपाका नेता कार्यकर्तालाई कांग्रेसमा स्वागत गरेका थिए ।

बस्नेतले नेकपाका नेताहरूले आफ्नो धरातल भुलेर जनताका आधारभूत आवश्यक्ता समेत भुलेपछि नेकपा छाडेर कांग्रेस प्रवेश गर्नेहरू बढेको बताए । उनले कांग्रेस प्रवेश गरेका सबैलाई पार्टीमा समाधान अधिकार र स्थान दिइने बताएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, नेताहरू युधिर पैडेल हेमन्त श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

क्षेत्र नं. १ बाट तत्कालीन माओवादीबाट निर्वाचित निर्वाचित अग्निप्रसाद सापकोटा सभामुख छन् ।

सापकोटाले पनि जनताको काम गर्न नसकेको आरोप कांग्रेस प्रवेश गरेका नवप्रवेशीहरूले लगाएका छन् ।

Published : Sunday, 2020 November 1, 5:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया