कांग्रेस नेता एवम् मेयर महर्जनद्वारा गोदावरीका नगरवासीकाे निःशुल्क परीक्षण गर्ने, जिल परे कम्युनिस्ट

गोदावरी । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोरोनाका बिरामीको उपचार र परीक्षण निःशुल्क नगर्ने निर्णय गरेका बेला ललितपुरको गोदावरी नगरपालिकाले आफ्ना नगरवासीहरूको परीक्षण निःशुल्क गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस ललितपुरका नेता समेत रहेका गोदावरीका मेयर गजेन्द्र महर्जनले बुधबार सूचना जारी गरेर नगरवासीहरूको कोरोना परीक्षण निःशुल्क गर्ने बताएका हुन् । उनले कोरोनाको लक्षण देखिए आनन्दवन अस्पतालमा स्वाव दिन अनुरोध गरेका छन् ।

‘विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरसबाट हुने जोखिम न्युनीकरण गर्न नगरवासीको सुरक्षाका लागि हालसम्म गोदावरी नगरपालिकाद्वारा विभिन्न स्वास्थ्यसम्बन्धी कार्य, पहलहरू भइरहेको र निरन्तर लागिरहने अवगत गर्दै कात्तिक ६ गतेदेखि गोदावरी नगरपालिकाभित्र कोही नगरवासीहरूलाई कोरोनाभाइरसको लक्षण देखिएमा गोदावरी नगरपालिकाको विपद व्यवस्थापन कोषबाट सो लक्षण देखिएका व्यक्तिहरूलाई आनन्दवन अस्पतालमा स्वाब (पीसीआर) परीक्षण निःशुल्क गरिने व्यहोरा सम्पूण नगरवासीहरूमा अनुरोध छ’, मेयर महर्जनद्वारा जारी सूचनामा भनिएको छ ।

खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले कोरोनाका बिरामी र परीक्षण निःशुल्क नगर्ने निर्णय गरिरहेका बेला गोदावरी नगरपालिकाले नगरवासीको पीसीआर परीक्षणको जिम्मेवारी लिएको छ ।

Published : Wednesday, 2020 October 21, 7:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया