नेविसंघद्वारा सरकारको आलोचना, जिम्मेवारीबाट भोगेको आरोप

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कोरोनाको उपचार व्यक्ति स्वयंले गर्नुपर्ने सरकारी निर्णय गैरजिम्मेवारी भएको जनाएको छ ।

नेविसंघले बुधबार विज्ञप्ति जारी गरेर सरकारी निर्णय निर्लज्जताको पराकाष्ठा र नागरिकप्रतिको दायित्वबाट सरकार पूर्णच्युत भएको आरोप लगाएको छ ।

आधारभूत सार्वजनिक सेवाअन्तर्गत पर्ने न्यूनतम दायित्वबाट सरकार पन्छिएको नेविसंघले उल्लेख गरेको छ ।

संविधानको मौलिक हक र सर्वोच्च अदालतको आदेश सरकारले बेवास्ता गरेको नेविसंघको आरोप छ ।

नेविसंघले सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन नगरि सरकार दायित्वबाट भागेको जनाएको छ ।

नेविसंघले विज्ञप्तिमा भनेको छ, ‘सरकारको पछिल्लो निर्णय नागरिकको स्वास्थ्य सेवा र बाँच्न पाउने हकविरुद्ध छ ।’

संक्रमितको निःशुल्क उपचारको व्यवस्था पूर्ववत लागू गर्न नेविसंघले सरकारसँग माग गरेको छ ।

Published : Wednesday, 2020 October 21, 6:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया