मुस्लिम आयोगद्वारा ‘मुहम्मद जयन्ती’मा सार्वजनिक विवादको माग

काठमाडौं । मुस्लिम आयोगले कात्तिक १४ गते मुहम्मद जयन्तीका अवसरमा सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ ।

आयोगका अध्यक्ष सलिम मियाँ अन्सारीका अनुसार कात्तिक १४ गते इलाम धर्मालम्बीहरूको मुहम्मद जयन्ती रहेको हुँदा सो दिन सार्वजनिक व्यवस्था गरिदिन सरकारसँग अनुरोध गरिएको छ ।

‘कात्तिक १४ गते शुक्रबार इस्लाम धर्मालम्बीहरूको मुहम्मद जयन्ती (मुहम्मद दिवस) रहेको हुँदा यस अवसरमा सार्वजनिक विदा गर्ने व्यवस्था गरिदिन हुन यस आयोगको अध्यक्षस्तरीय कात्तिक ५ गतेको निर्णयानुसार अनुरोध छ’, गृह मन्त्रालयलाई आयोगद्वारा पठाइएको पत्रमा उल्लेख छ ।

Published : Wednesday, 2020 October 21, 5:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया