शहीदलखन गाउँपालिका–७ मा आधारभूत विद्यालय पुनः सञ्चालन

गोरखा । गोरखा जिल्लाको शहीदलखन गाउँपालिका वडा नम्बर ७ बुङ्कोटको मकैपुर आधारभूत विद्यालय पुनः संचालनका लागि सहयोग गर्ने सम्पूर्ण दाताहरूप्रति वडा कार्यालय र बिद्यालयले धन्यावाद दिएको छ ।

शहीदलखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठको समनन्य एवम् समाजसेवी गञ्जबहादुर गुरुङ र भीमबहादुर गुरुङको विषेश पहलमा सहयोग जुटाएर विद्यालय सञ्चालनमा ल्याइएको हो ।

सो कार्यमा फत्तबहादुर गुरुङ, तोलकबहादुर गुरुङ, कुमार गुरुङ, प्रेम गुरुङ, भीमबहादुर गुरुङ, अनुप गुरुङ, काजी गुरुङ, अनिता गुरुङले २०–२० हजार र बलहादुर गुरुङबाट नगद १० हजार गरी एक लाख ७० हजार सहयोग प्राप्त भएको वडाध्यक्ष श्रेष्ठले बताएका छन् ।

हाल दक्षिण कोरियामा कार्यरत मालती गुरुङको विषेश पहलमा मालती गुरुङ, मिलन गुरुङ, प्रितम गुरुङ र रबिना गुरुङले पनि १०–१० हजार रुपियाँ सहयोग गरेका छन् ।

राजु गुरुङ, राम खनाल, सुमन थापा, अनिल थापा, रोसन श्रेष्ठले पाँच–पाँच हजार, जितबहादुर गुरुङबाट ७ हजार र सबिता थापाबाट तीन हजार गरी ७५ हजार रुपियाँ सहयोग प्राप्त भएको छ ।

गोरखा जेजिसका अध्यक्ष एवं ब्यवसायी सम्राट फेन्सीका संचालक सुबास मल्लबाट करिब २० हजार बरावरको पाँच थान राउण्ड टेवल सहयोग भएको छ ।

शहीदलखन गाउँपालिका–८ का वडाध्यक्ष एवं रोटरी क्लव गोरखाका अध्यक्ष काशिनाथ अम्गाइँको पहलमा बसन्तराज श्रेष्ठबाट २० थान र गोरखा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष ईश्वरकाजी मास्केबाट १० थान प्लास्टिकका कुर्सी सहयोग प्राप्त भएको छ ।

बाल कक्षा ब्यवस्थापन, विद्यालयका लागि चाहिने कम्प्यूटर, फोटोकपी, स्पिकर, फर्निचर, रङ, कार्पेट लगायतका सामग्रीको ब्यवस्थापनमा गरि बिद्यालयलाई हस्तान्तरण गरिएको छ ।

लायन्स क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष शिव खनालको विषेश पहलमा विद्यालयलाई लायन्स क्लव अफ आँबुखैरनी सिटी र लियो क्लव अफ आँबुखैरेनी सिटीको सहयोगमा विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरिएको थियो ।

गोरखा नगरपालिका–९ का व्यवसायी एवं सुरेन हर्ट यातायात प्रालिका संचालक सुरेन्द्र कुँवरबाट शैक्षिक सामग्री कापी, पेन्सिल लगायतका सहयोग भएको थियो ।

गोरखा नगरपालिका–३ नारेश्वरका निर्माण व्यवसायी ताराबहादुर खड्का र नेविसंघ गोरखाका उपाध्यक्ष शिवहरि तिमल्सिनाबाट शैक्षिक सामग्री, गोरखा उद्योग बाणिज्य महिला उद्यामी विकास समितिले ३० सेट ड्रेस, भेषबहादुर खडकाबाट स्वाथ्य सामग्रीहरू सहयोग सहयोग भएको छ ।

Published : Monday, 2020 October 19, 6:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया