देउवाद्वारा कांग्रेसका सांसदहरूको भत्ता फिर्ता निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका सबै सांसदहरूको दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् ।

सभापति देउवाले सोमबार संसदीय दलमार्फत दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिएका हुन् । देउवाले प्रमुख सचेतक बालकृष्ण खाँणलाई फोन गरेर कांग्रेसका सबै सांसदहरूको दशैँ भत्ता एकमुष्ट फिर्ता गर्न निर्देशन दिएका छन् ।

संसद सचिवालयले सांसदहरूलाई दशैँ भत्ता दिएपछि विरोध भइरहेका बेला देउवाले संसदीय दलमार्फत सबै सांसदहरूको भत्ता फिर्ता गर्न आग्रह गरेका छन् ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, सांसद गगन थापासहितका सांसदहरूले दशैँ भत्ता फिर्ता गरिसकेका छन् ।

Published : Monday, 2020 October 19, 11:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया