तरुण दलको स्थापना दिवस मनाउन जिल्लाहरूलाई अध्यक्ष बस्नेतको परिपत्र

काठमाडौं । नेपाल तरुण दलले आफ्नो ६८औँ स्थापना दिवस एक हप्तासम्म विभिन्न रचनात्मक कार्यक्रम गरी मनाउन जिल्ला कार्यसमितिहरूलाई परिपत्र गरेको छ ।

तरुण अध्यक्ष जितजंग बस्नेतले आइतबार सबै जिल्ला कार्यसमितिहरूलाई परिपत्र गरेर कात्तिकको १० गतेदेखि १५ गतेसम्म आफ्नो अनुकूल हुने गरी स्थापना दिवस मनाउन निर्देशन दिएका हुन् ।

‘नेपाल तरुण दलको ६८औँ स्थापना दिवस यही २०७७ साल कात्तिक १० गते र उक्त दिन विजया दशमीको टीकाको दिन समेत परेको सहर्ष जानकारी गराउँदै तरुण दलको केन्द्रीय कार्यसमितिले स्थापना दिवस मनाउने निर्णय गरेको हुँदा जिल्ला समितिहरूले कात्तिक १० देखि कात्तिक १५ गतेभित्र स्थापना दिवस कोभिड–१९ सम्बन्धी जनचेतनामुलका कार्यक्रम गरी मनाउन यो परिपत्र गरिएको छ’, अध्यक्ष बस्नेतद्वारा जारी परिपत्रमा भनिएको छ ।

‘जिल्ला समितिहरूले गरेका कार्यक्रमहरूको जानकारी प्रतिवेदनका रुपमा केन्द्रीय कार्यालयमा पठाउनुहोला’, बस्नेतले भनेका छन् ।

तरुण दलका अध्यक्ष बस्नेतले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुका साथै सामाजिक दुरी कायम गरी कोभिड–१९ बाट आफू पनि बच्न र अरुलाई पनि बचान अनुरोध गरेका छन् ।

Published : Monday, 2020 October 19, 10:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया