पाण्डेको निर्देशनमा ‘डिजिटल फोटो’ सार्वजनिक

काठमाडौं । गायक सुनिल कटुवाल र गायिका सारु गौतमको स्वरमा ‘डिजिटल फोटो’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कुमार कटुवालको शब्द रहेको ‘डिजिटल फोटो’मा दीपक शर्माले संगीत दिएका छन् । उदयराज पौडेलको एरेञ्ज रहेको गीतका रेकडिस्ट किरण विश्वकर्मा हुन् ।

म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफर देवेन्द्र पाण्डेले गरेका छन् ।

भिडियोमा हरिश निरौला, सागर लम्साल, गीता ढुंगाना र प्रतिमा कँडेलको अभिनय रहेको छ ।

Published : Monday, 2020 October 19, 9:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया