कम्युनिस्ट सरकार आइसोलेसनमा पुग्योः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगन थापाले सरकार संक्रमित भएर आइसोलेसनमा पुगेको बताएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य थापाले सोमबार बिहान ट्वीट गर्दै कोरोना संक्रमितको उपचार नगर्ने कम्युनिस्ट सरकारको विरोध गरेका छन् । उनले कोरोनाको उपचार नगर्ने सरकारले संक्रमितको संख्या मात्रै गनेर बस्ने हो भनेर प्रश्न गरेका छन् ।

‘स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नु’, कांग्रेस नेता थापाले भने, ‘यसरी हरेकदिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्रीज्यू बरु सिधै भनिदिनुस् सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकोले अब उपरान्त संक्रमितको संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।’

सरकारले कोरोना संक्रमितहरूको उपचार नगर्ने, होम आइसोलेसनमा मृत्यु भए आफन्तहरूले नै अन्त्यष्टि गर्ने भनेर निर्णय सुनाएको थियो ।

सरकारले कोरोना उपचारमा हात उठाएको भनेर विरोध भइरहेको छ ।

Published : Monday, 2020 October 19, 8:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया