पाल्पाको पिपलडाँडामा प्रहरी चौकी स्थापना

तानसेन । पाल्पा जिल्लाको पिपलडाँडामा प्रहरी चौकी स्थापना भएको छ ।

रम्भा गाउँपालिका वडा नं. ३ पिपलडाँडामा लुम्बिनी प्रदेश कार्यालय दाङका वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले शनिबार चौकीको उद्घाटन गरेका हुन् ।

प्रहरी चौकी पिपलडाँडा स्थापना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी सन्तोषकुमार भट्टराई, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2020 October 18, 7:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया