ओलीद्वारा कर्णाली प्रदेशका नेताहरूसँग परामर्श

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले कर्णाली प्रदेशका नेताहरूसँग परामर्श गरेका छन् ।

शनिबार बालुवाटारस्थित निवासमा ओलीले मुख्यमन्त्री महेन्द्रबहादुर शाही, अविश्वास प्रस्ताव दर्ता गराएका नेता यमलाल कँडेल, मायाप्रसाद शर्मालगायतसँग छलफल गरेका हुन् । ओलीले केन्द्रबाट कर्णली प्रदेशका विषयमा हुने निर्णयलाई मान्न आग्रह गरेका छन् ।

नेता शर्माका अनुसार प्रधानमन्त्री ओलीले आफू र दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालले कर्णाली प्रदेशका विषयमा गर्ने निर्णयलाई मान्न आग्रह गरेका छन् ।

छलफलमा सहभागी नेताहरूले कर्णाली प्रदेशको सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै ओली सक्षम गुनासो गरेका थिए ।

अविश्वासको प्रस्ताव दर्ता भएपछि उत्पन्न राजनीतिक द्वन्द्वलाई समाधान गर्न ओली र दाहालले कर्णाली प्रदेशका मुख्यमन्त्री शाह, नेता कँडेलसहितका नेताहरूलाई काठमाडौं बोलाएका थिए ।

शनिबार बालुवाटारमा भएको छलफलले सकारात्मक रुप लिनेमा नेताहरूले आशा लिएका छन् ।

Published : Saturday, 2020 October 17, 4:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया