राजनीतिज्ञ सभा सदस्य आङ्दम्वेको निधन, देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं प्रजातन्त्र सेनानी नारायणप्रसाद आङ्दम्वेको निधन भएको छ ।

नेपाली कांग्रेसका अनुसार ८३ वर्षीय आङ्दम्वेको शुक्रबार बिहान इलाम जिल्लाको फाल्गुनन्द गाउँपालिका–१ स्थित आफ्नै निवासमा निधन भएको हो ।

स्वर्गीय आङ्दम्वेले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

उनको श्रीमती, पाँच छोरा र एक छोरी छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

स्वर्गीय आङ्दम्वेले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा पुर्‍याएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले आङ्दम्वेप्रति श्रद्धाञ्जल अर्पण गरेका छन् ।

देउवाले आत्माको चीर शान्तिको कामनाका साथ सबै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन् ।

Published : Friday, 2020 October 16, 4:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया