बैतडीका सचिव कुट्नेलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले बैतडीका सचिव एवं सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर विष्टलाई कुटपिट गर्ने दोषीलाई कारबाहीको माग गरेको छ ।

कांग्रेसले शुक्रबार विज्ञप्ति जारी गरेर असोज २८ गते निर्घात रुपले कुटपिट गरी गम्भीर घाइते बनाएको घटना घटेको दुई दिन बितिसक्दा पनि विष्टलाई कुटपिट गर्ने त्यस्ता आपराधिक मनोवृत्तिका व्यक्तिहरूलाई राज्यले कुनै पनि कार्वाही नगर्नुलाई अत्यन्तै दुःखद् घटनाका रुपमा लिएको जनाएको छ ।

‘गाउँपालिका मुकामको सामान्य विषयलाई लिएर जनप्रतिनिधि माथि गरेको कुटपिटको यो घटनामा संलग्न व्यक्तिहरुको तत्काल खोजी गरी कडा भन्दा कडा कानूनी कार्वाही गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

Published : Friday, 2020 October 16, 3:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया