काठमाडौंबाट टोले गुण्डा ‘काजी’ पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंले ‘टोले गुण्डा’ काजी लामा भन्ने रोजकुमार लामालाई पक्राउ गरेको छ ।

वर्ष २८ को काजी लामाको समूहले २०७४ साल असार ९ गते बिहान साढे १ बजेको काठमाडौंको कमलादीस्थित टाईम्स क्लबको पार्किङ स्थलमा चेङ्गा तामाङलाई कुटपिट गरेका थिए ।

सोही घटनामा प्रहरीले काजी लामालाई खोजतलास गर्दै आइरहेको थियो । उनी प्रहरीलाई छलेर लुकेर बौद्धमा बस्दै आएका थिए ।

ब्यक्तिगत रिसिभिका कारण ‘टोले गुण्डा’ काजी लामा समेत ५ जनाको समूहले ईटा, रड र हेलमेट प्रहार गरि चेङ्गा तामाङलाई गम्भीर घाइते बनाएर फरार रहेका थिए ।

काभ्रे जिल्लाको रोशी गाउँपालिका– ५ स्थाई घर भई हाल काठमाडौंको बौद्ध बस्ने काजी लामालाई २०७७ असोज २६ गते अपराध महाशाखाबाट खटिएको बिशेष टोलीले बौद्धबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘टोले गुण्डा’ काजी लामालाई अनुसन्धानको लागि महानगरीय प्रहरी बृत मालीगाँउ पठाइएको छ ।

Published : Thursday, 2020 October 15, 5:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया