रौतहट काण्डका हेडमिस्त्री पक्राउ

काठमाडौं । रौतहट हत्याकाण्डका फरार बद्री सहनी पक्राउ परेका छन् । २ नं. प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले ५५ वर्षीय सहनीलाई असोज १६ गते पक्राउ गरेको हो ।

सहनी रौतहट जिल्लाको बौधीमाई नगरपालिका–७ बड्की बंकुल एरियाबाट पक्राउ परेको २ नं. प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

०६४ सालको संविधान सभाका बेला मोहम्मद अफ्ताब आलम समेतले बम बनाउने क्रममा विष्फोट हुँदा १५–१६ जना घाइते भएका थिए । २–३ जनाको मृत्यु भएको थियो ।

मृतक र घाइतेलाई ट्याक्टरमा राखेर इटाभट्टमा हालिएको प्रारम्भीक बयान सहनीले दिएका छन् । त्यस बेला सहनी सो इटाभट्टको हेडमिस्त्री थिए ।

Published : Saturday, 2020 October 3, 3:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया