लगनखेल डोजोमा दुई दिन प्रशिक्षण हुने, स्वास्थ्यका मापदण्ड अपनाइने

लगनखेल । नेपालकै उत्कृष्ट डोजो मानिने ललितपुर जिल्लास्थित ‘लगनखेल डोजो’मा करातेका पुराना तथा करातेका हस्तीहरूको शनिबारबाट हप्ताको २ दिन प्रशिक्षण शुरु भएको छ ।

कोभिड–१९ को महामारीका कारण बन्द रहेको लगनखेल डोजो शुरुवाती दिनमा हप्ताको दुई दिन प्रशिक्षण दिनेछ । स्वास्थ्यका सबै मापदण्डहरू अपनाएर प्रशिक्षण हुनेछ ।

खेलाडीहरू ६–७ महिनादेखि घरभित्र बस्नु परेको र शारीरिक फिटनेशमा समेत ध्यान दिन लगनखेल डोजोले आफूलाई क्रमशः सक्रिय बनाउन लागेको संस्थापक मीनकृष्ण महर्जनले जानकारी दिए ।

कुनै जमानामा लगनखेल डोजोका खेलाडीहरू नेपालकै उत्कृष्ट खेलाडी मानिन्थे । लगनखेल डोजोका खेलाडी दीपक श्रेष्ठ ८औँ र ९औँ साफगेमका स्वर्ण पदक बिजेता हुन् ।

लगनखेल डोजोमा नै प्रशिक्षण गर्ने रबि महर्जन, गंगाराम महर्जन, निता राई पनि ८औँ साफगेमका स्वर्ण पदक बिजेता हुन् ।

विनोद शाक्य १०औँ साफगेम स्वर्ण पदक बिजेता हुन् । १३औं साग स्वर्ण पदक बिजेता बिप्लबलाल श्रेष्ठ लगनखेल डोजोका उत्पादन हुन् । दयाराम महर्जन विशालमान श्रेष्ठ, सागर श्रेष्ठ पुराना खेलाडी तथा पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत हुन् ।

एक समय सुपर स्टार खेलाडी ११औँ साफगेमका रजत पदक विजेता विनोद महर्जन पनि लगनखेल डोजोका उत्पादन हुन् । महर्जन ८औँ साफगेम स्वर्ण पदक बिजेता रबि महर्जनका भाइ हुन् ।

त्यस्तै पूर्व राष्ट्रिय खेलाडी अमृत अधिकारी दिलिप महर्जन, बिकेश श्रेष्ठ, राजेश बज्राचार्य पनि लगनखेल डोजोका उत्पादन हुन् । लगनखेल डोजो मीनकृष्ण महर्जन संथापक हुन् ।

यी सबै खेलाडीहरूलाई खेलकुद जगतका हस्तीका रुपमा परिचित राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी, अन्तर्राष्ट्रिय रेफ्री समेत रहेका मीनकृष्ण महर्जनले प्रशिक्षण दिएका खेलाडीहरू हुन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा करीव ५ दर्जनभन्दा बढी स्वर्ण पदक हासिल गरिसकेका जमानाका सुपर स्टार खेलाडी मुकुन्द्र महर्जन पनि मीनकृष्ण महर्जनकै उत्पादन हुन् ।

किक बक्सिङ पूर्व राष्ट्रिय च्याम्पियन विनोद महर्जन पनि मीनकृष्ण महर्जनकै उत्पादन हुन् । पूर्व राष्ट्रिय खेलाडी बुद्धिबहादुर श्रेष्ठ, सुरेद्र कपाली, नरेन्द्र चित्रकार, चन्द्रमान श्रेष्ठ, मनोज आचार्य, अमृता शाक्य, सविन चालिसे, रवि सिलवाल, हरिप्रसाद महर्जन, पूर्व अन्तर्राष्ट्रिय खेलाडी एवम् नेशनल कोच दयाराम महर्जनले प्रशिक्षण दिएका खेलाडी हुन् ।

खेलाडीहरूलाई ८औँ र ९औँ साफगेममा स्वर्ण पदक विजेता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले प्रशिक्षण दिनेछन् ।

Published : Saturday, 2020 October 3, 2:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया