गुण्डा नाइके रमेश बाहनका खास मान्छे काठमाडौंमा पक्राउ

काठमाडौं । प्रहरीको विशेष टोलीले गुण्डा नाइके रमेश बाहुनका दाहिने हात मानिने दुर्गा राई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिषद काठमाडौंको विशेष टोलीले राईलाई कोटेश्वरबाट पक्राउ गरेको स्राेतले जनाएकाे छ ।

विभिन्न अपराधका घटनामा संलग्न रहेका राईलाई प्रहरीले खोजी गर्दै आएको थियो ।

दशैं आइरहेका बेला राईले काठमाडौंका विभिन्न स्थानमा व्यापक रुपमा अबैध असुली गर्दै आएका थिए । राईविरुद्ध उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।

राईलाई प्रहरीले तीन महिना अगाडि पनि अबैध असुली गरेको अभियोगमा पक्राउ गरेको थियो । राई १०–१२ पटक पक्राउ परिसकेका छन् ।

सुजन पौडेल उर्फ रमेश बाहुनका खास व्यक्ति मानिने राईले नख्खु जेलमा सजाय भोगेर बाहिर निस्किएका थिए ।

Published : Wednesday, 2020 September 30, 9:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया