‘रानी’मा शिव र मेलिनाको स्वर, अर्यालको शब्द

काठमाडौं । थुप्रै गीतहरूमा शब्द लेखेका रचनाकार राजेश अर्यालले अर्को लोक आधुनिक गीत रिलिज गरेका छन् ।

अर्यालले गायक शिव परियार र गायिका मेलिना राईको स्वरमा ‘रानी’ रिलिज गरेका हुन् । लोक तथा आधुनिक शैलीको गीत राम्रो बनेको छ । युवा पुस्तालाई ध्यान दिएर बनाइएको यो गीतले युट्युबमा राम्रो भ्यु पाएको छ ।

युट्युबबाट रिलिज गरिएको ‘रानी’मा राम्रो प्रतिक्रिया पाएको छ । गीतको संगीत भुपु पाण्डेले दिएका छन् ।

म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफी राहुल शाहले गरेका छन् । एलिसा राई र राहुल शाहको अभिनय रहेका म्युजिक भिडियोलाई पवन सुस्लिङले सम्पादन गरेका हुन् ।

Published : Saturday, 2020 September 26, 2:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया