‘क्यारी हाँसम खोइ’मा शान्तिश्री र राजेन्द्रको स्वर, पाण्डेको निर्देशन

काठमाडौं । फिल्म निर्देशक देवेन्द्र पाण्डेको निर्देशन रहेको ‘क्यारी हाँसम खोइ’ बोलको म्युजिक भिडिया रिलिज भएको छ ।

गायिका शान्तिश्री परियार र गायक राजेन्द्र कँडेलको स्वर रहेको ‘क्यारी हाँसम खोइ’को शब्द र संगीत प्रशान्त पौडेलको रहेको छ । गीतको एरेञ्जर दीपकराज विश्वकर्मा हुन् ।

निर्देशक पाण्डेले कोरोना महामारीका बेला पनि म्युजिक भिडियो बनेको बताए । ‘सबै टिमको सहयोग र साथमा म्युजिक भिडियो राम्रो बनेको छ’, पाण्डेले भने, ‘गीतको शब्द, संगीत र भावअनुसार म्युजिक भिडियो बनेको छ ।’

शिवान पोखरेल, रञ्जिता गुरुङ, बृशा बराल, सहारा बस्नेत, पुकार श्रेष्ठ, कुलबहादुर ओली, पदमप्रसाद भट्टराई, सम्झना साहको म्युजिक भिडियोमा अभिनय रहेको छ ।

दीनशन शाहको सम्पादन रहेको म्युजिक भिडियोको छायाँकन विपिन क्षेत्रीले गरेका हुन् ।

Published : Thursday, 2020 September 24, 8:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया