देउखुरीमा मसिनो हाईब्रिड धानको उत्पादन शुरु

तीर्थराज ज्ञवाली

मसुरिया । दाङको राप्ती गाउँपालिका–६ सगरापुरकी सरिता चौधरीले धानको उत्पादन बढाउँदै कृषि पेशाबाट राम्रो आम्दान गरेकी छिन् ।

उनी स्वर्गद्वारी कृषक समूहमा आवद्ध भएर धानमार्फत स्वआर्जन गर्न थालेकी हुन् ।

चौधरीले ८ कट्ठामा भीएनआर २२४५ र २२३३ जातको धान लगाएकी छिन् ।

राप्ती गाउँपालिका–४ जनकपुरका नमूना कृषक समूहका सदस्यहरू पनि हर्दिनाथ वर्णशंकर १ र युएस ३८२ नामको हाईब्रिड धान लगाएका छन् । धानबाट राम्रो आम्दानी भएको छ ।

देउखुरी उपत्यकामा पनि मसिनो हाईब्रिड धानको उत्पादन शुरु गर्नका लागि किसान परियोजना कृषकका घरघरमा पुगेसँगै यो खालको परिवर्तन आएको हो ।

सुपर चाइना ६०१ लगायतका धानको पहिलो खेती गराएर आम्दानी तथा उत्पादनमा वृद्धि गराउने उदेश्यका साथ राप्ती गाउँपालिकामा ज्ञानमा आधारित एकीकृत दिगो कृषि परियोजना किसान २ नेपाल र कटाहामा रहेको चौधरी राईस मिलको सहकार्यमा काम भैरहेको छ ।

उन्नत धान खेतीको अवस्थाका बारेमा बुधवार राप्ती गाउँपालिका उपाध्यक्ष, वडा नम्बर ४ र ६ का अध्यक्षहरूले धान खेतीको अनुगमन गरेका छन् ।

Published : Wednesday, 2020 September 23, 11:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया