ओली पेरिसडाँडा नजाने, कुरा मिलाउन बालुवाटार पुगे दाहाल

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालले भेट गरेका छन्।

बालुवाटारमा भएको भेटवार्तामा ओली र दाहालबीच केन्द्रीय सचिवालयको बैठक, मन्त्रिमण्डल पुनर्गगठन लगायतका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ।

मन्त्रिपरिषद् पुनर्गठनको विषय, राजनीतिक तथा संवैधानिक नियुक्तिका लागि बनाउने मापदण्ड लगायतको टुंगो लगाउने सहमति भएको जनाइएको छ।

पार्टी एकताका बाँकी कामहरूको टुंगो लगाउने योजना पनि सचिवालयले गर्नेछ।

सोमबार १ बजेका लागि तय भएको सचिवालय बैठक मंगलबार साढे १२ बजे सम्मका लागि स्थगित भएको छ।

आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठक बसेको थियो।

मंगलबारको बैठक भने बालुवाटारमा बस्नेछ। ओली पेरिसडाँडामा बस्ने बैठकमा नजाने भनेपछि अबको बैठक बालुवाटारमै बस्नेछ।

पेरिसडाँडामा भीडभाड बढी भएकाले बालुवाटारमै बैठक सारिएको बताइएको छ।

Published : Monday, 2020 September 21, 4:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया