नेयमारलाई फुटबल खेलमा प्रतिबन्ध

लण्डन । फुटबल खेलाडी नेयमारलाई दुई खेलमा प्रतिबन्ध लागेको छ ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार खेलाडी नेयमारलाई दुई खेलको प्रतिबन्ध लागेको हो ।

मार्सेलीविरुद्धको आइतबार राति भएको फुटबल खेलमा रातो कार्ड पाएका नेयमारलाई दुई खेलमा प्रतिबन्ध लागेको छ ।

पीएसजीका ३ र मार्सेलीका २ खेलाडीले रातो कार्ड पाएका छन् । ईन्जुरी समयमा दुई पक्षका खेलाडीबीच झडप समेत भएको थियो ।

झडप भएपछि रेफ्रीले पीएसजीका नेयमार, लिएन्ड्रो परेडेस र लेविन कुर्जावालाई रातो कार्ड देखाएका थिए ।

मार्सेलीका जोर्डन अमावी र डेरियो बेनेडेटोलाई रेफ्री रातो कार्ड दिएका थिए ।

नेयमारले मार्सेलीका अल्भारो गोन्जालेजको टाउकोमा हिर्काएको पाइएपछि रेफ्रीले उनलाई मैदानबाहिर पठाएका थिए ।

पीएसजीका कुर्जावालाई ६ खेलमा प्रतिबन्ध लागेको छ । नेयमार र परेडेसलाई समान दुई खेलमा प्रतिबन्ध लागेको छ ।

Published : Thursday, 2020 September 17, 8:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया