ललितपुरमा १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बरामद

ललितपुर । ललितपुर महानगरपालिका–१४ ताल्छीखेलबाट नेपाली नक्कली नोट बरामद गरेको छ ।

१ हजार दरका ४ सय ६५ थान नक्कली नोटलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

ताल्छीखेलबाट डम्बरबहादुर रिजालको जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी सुन पसलमा आएका २ जना अपरिचित पुरुषले ५ तोला बराबरको सुनको हार किन्ने बहाना गरी नक्कली नोट दिई बिल समेत नलिई फरार भएका थिए ।

नक्कली नोट दिइ फरार भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उक्त नोटहरू बरामद गरेको जनाइएको छ ।

बरामद ५ गड्डीमा ४ सय ६५ थान नक्कली नोट र प्रत्येक गड्डीको माथिल्लो भागमा १–१ थान सक्कली नोट राखेको फेला परेको छ ।

फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Thursday, 2020 September 17, 7:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया