एप्पलद्वारा आइप्याड र वाच सार्वजनिक, के छ सुविधा

न्युयोर्क । एप्पलले आफ्नो नयाँ संस्करणको आइप्याडसँगै एप्पल वाचसार्वजनिक गरेको छ ।

एप्पलले सार्वजनिक गरेको आइप्याड एयर उसको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली आइप्याड हुनेछ ।

आइप्याड एयरमा ए१४ बायोनिक चिप हुनेछ । एप्पलको अहिलेसम्मकै आइप्याडमा भएको मध्ये सबैभन्दा शक्तिशाली प्रोसेसर मानिएको छ ।

अल स्क्रिन डिजाइनमा रहेको यो आइप्याडको टप बटनमा टच आइडी सेन्सर रहेको छ ।

एप्पलले बुधबार लञ्च गरेको आइप्याड अपरेटिङ सिस्टम आइप्याडओएस १४ प्रयोग भएको छ ।

आइप्याड एयर दुईवटा स्टोरेज मोडेलमा आउनेछ । एउटा मोडेलमा ६४ जिबी र अर्कोमा २५६ जिबी स्टोरेज रहनेछ ।

वाइफाइ कनेक्टिभिटी मात्र रहेको आइप्याड एयरको मूल्य अमेरिकामा ५ सय ९९ डलर तोकिएको छ ।

वाइफाइ तथा सेलुलर कनेक्टिभिटीसहितको आइप्याड एयरको मूय ७२९ डलर रहेको छ ।

आइप्याड एयरमा युएसबी सी पोर्ट रहेको छ । ५ गिगाबाइट प्रतिसेकेण्डको दरमा डाटा ट्रान्सफर गर्न सक्नेछ ।

नयाँ आइप्याड एयरमा ७ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ । जसमा फेसटाइम एचडी प्रविधि रहेको छ ।

मुख्य क्यामरा चाहीँ १२ मेगापिक्सेलको रहेको छ । क्यामरामार्फत उच्च रिजोलुसन युक्त फोटोहरू तथा फोर के भिडियो समेत रेकर्ड गर्न सकिन्छ ।

Published : Thursday, 2020 September 17, 3:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया