कस्तो छ कांग्रेस महामन्त्री डा.कोइरालाको स्वास्थ्य अवस्था ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको ओम अस्पतालले जनाएको छ ।

कोरोनाभाइरसको संक्रमणबाट संक्रमित रहेका डा.कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

मंगलबार साँझदेखि ज्वरो बढेर छातीको समस्या देखिएपछि डा.कोइरालालाई बुधबार राति ओम अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा.विश्वनाथ कोेइरालाको नेतृत्वमा सुवोधसागर ढकाल, प्रमेशसुन्दर श्रेष्ठसहितको टोलीले डा.कोइरालाको उपचार गरिरहेको छ ।

महामन्त्री डा.कोइरालालाई ओम अस्पतालको आइसियु वार्डकोे आइसोलेशन कक्षमा राखिएको छ ।

महामन्त्री डा.कोइरालाले बुधबार अपरान्हको खाना खाएको र स्वास्थ्यस्थिति सामान्य रहेको छ ।

चिकित्सकहरूले डा.कोइरालालाई तीन दिन अस्पतालमा राखेर उपचार गर्नुपर्ने सुझाव दिएका छन् ।

शनिबार डा.कोेइरालालाई कोरोना संक्रमण पुष्टि भएपछि महाराजगञ्जस्थित निवासको आइसोलेसनमा बसेका थिए ।

डा.कोइरालालाई केही वर्ष अगाडि खाना सर्किएर बेहोस भएका थिए । त्यस बेला पनि उनलाई ओम अस्पतालमा उपचार गरिएको थियो ।

Published : Wednesday, 2020 September 16, 10:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया