केटिएम बिएस ६ मोडलको बाइकको मूल्य कति ?

काठमाडौं । हन्सराज हुलासचन्द प्रालिले केटिएम बिएस ६ मोडलको बाइकको प्रारम्भिक मूल्य ५ लाख ३९ हजार ९ सय पर्ने जनाएको छ ।

नेपाली बजारमा आएको यो बाइकको नयाँ मोडल २०२० को मूल्य ५ लाख ३९ हजार ९ सयदेखि शुरु हुनेछ । केटिएम २०० ड्युकको यो श्रेणीमा २५पिएसको पावर छ ।

युवा पुस्तालाई ध्यान दिएर बनाइएको केटिएम बिएस ६ मा राम्रा र अत्याधुनिक सुविधाहरू राखिएका छन् ।

बिएस ६ मोडल बाइकमा हलुका स्प्लिट ट्रेलिस फ्रेम, ट्याङ्क र हेडल्याम्प अपग्रेड गरिएको छ ।

बाइकमा डुअल–च्यानल एबिएस र लेड डिआरएलएस लगायतका सुविधा रहेको कम्पनीले जनाएको छ ।

अल्ट्रा कम्प्याक्ट, लिक्विड–कूल्ड, डिओएचसी, ४–भल्भ ईञ्जिन, अत्याधुनिक इन्जेक्शन इलेक्ट्रोनिक्स, डब्लुपी सस्पेन्शन र उच्च प्राविधिक क्षमताको कम्पनेन्ट जडान गरिएको छ ।

फ्यूल क्षमताको १०.२ लिटरबाट बढाएर १३.५ लिटर गरिएको छ । केटिएम ३९० ड्युकमा पहिलेदेखि राइड–बाय–वायर, स्लीपर क्लच, सुपरमोटोको साथ डुअल–च्यानल एबिएस, टिएफटी डिस्प्ले र लेड हेडल्याम्प सुविधाहरू छन् ।

बाय–डायरेक्शनल क्वीकसिफ्टरप्लसको पहिलो पटक प्रयोग गरिएको छ । चालकलाई क्लच लीबरको प्रयोग नगरी गियरलाई बडाउन वा घटाउन, दुवैतर्फ सिफ्ट गसकिनेछ ।

२०२० केटिएम ड्युकको न्युनतम ५ लाख ३९ हजार ९ सयदेखि शुरु भइ ८ लाख ४९ हजार ९ सयसम्मको मूल्य पर्नेछ । यो मोटरसाइकलमा पाँच वटा सिरिजमा पाइनेछ ।

Published : Monday, 2020 September 14, 4:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया