टिकटक सञ्चालन गर्न माइक्राेसफ्ट पछाडि हट्याे

न्युयोर्क । माइक्रोसफ्ट कम्पनीले टिकटकको अमेरिका सञ्चालन किन्ने प्रस्ताव अस्वीकृत भएको जनाएको छ ।

टिकटकको अमेरिकी सञ्चालन अधिकार ओरेकलले पाउने भएको वाल स्ट्रिट जर्नलले जनाएको छ ।

अमेरिकामा टिकटकको मुख्य कम्पनी बिटडान्सलाई सेप्टेम्बर २० सम्म टिकटक बन्द गर्ने वा बेच्ने समयसीमा तोकिएको थियो ।

ओरेकल कम्पनीका अध्यक्ष ल्यारी एलिसन ट्रम्पका समर्थक हुन् ।

संसारभरि टिकटकका ७ सय मिलियन प्रयोगकर्ता रहेका छन् । अमेरिकामा मात्रै सय मिलियन प्रयोगकर्ता छन् ।

Published : Monday, 2020 September 14, 4:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया