फुटबल खेल्न गएका नेयमारले मुक्का हानेर बाहिरिए

लण्डन । बफ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ सिजनको फ्रेन्च लिग वानमा लगातार दोस्रो हार बेहोरेको छ ।

हार र जितभन्दा पनि खेलमा भएको मुक्का हानाहान र विवादले ठाउँ पाएको छ ।

पीएसजीको घरेलु मैदानमै भएको खेलको अन्त्यतिर निकै तनावपूर्ण स्थितिमा मार्सेलीसँग १–० ले पराजित भएको हो ।

पीएसजी यसअघि पहिलो खेलमा लेन्ससँग पनि १–० ले नै पराजित भएको थियो ।

ब्राजिलियन खेलाडी नेयमारसहितको टिम आइतबार राति भएको खेलमा उत्रिएपनि मार्सेइलीसँग १–० ले पराजित भएको छ ।

मार्सेली लगातार दोस्रो जित निकाल्दै ६ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ ।

मार्सेइलीको जित वा पीएसजीको हारभन्दा पनि पाँच खेलाडीले इन्जुरी समयमा पाएको रातो कार्डका कारण चर्चामा छ।

पीएसजीका तीन तथा मार्सेलीका दुई खेलाडीले रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

पीएसजीका लेभिन कुर्जावा, लियान्द्रो पाराडेस र नेयमारले रातो कार्ड पाउदा मार्सेलीका जोर्डन एमाभी र डारियो बेनेडेट्टोले रातो कार्ड पाएका थिए।

खेलाडीहरूलाई रातो कार्ड देखाइएको थियो । रेफ्रीले भिएआरबाट नेयमारको मुक्का हेरेर सीधै रातो कार्ड दिएका थिए ।

नेयमारले मैदान छोड्ने क्रममा फोर्थ अफिसियललाई आफूमाथि रंगभेदी टिप्पणी भएको बताएका छन् ।

खेलपछि नेयमारले ट्वीट गरेर अल्भारो गोञ्जालेजको मुखैमा मुक्का नहिर्काएकोमा पछुतो रहेको उल्लेख गरेका छन् ।

गोन्जालेजले नेयमारलाई पछाडिबाट टाउकोमा हिर्काएका थिए ।

नेयमार र अल्भारोभन्दा अघि मार्सेइलीका बेनेडिट्टोले परेडेसलाई पछाडिबाट तानेका थिए ।
त्यसपछि परेडेसले बेनेडिट्टोलाई मैदानमा लडाएका थिए ।

Published : Monday, 2020 September 14, 7:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया