श्रीमान् बेच्न घर बाहिर विज्ञापन

न्युयोर्क । अमेरिकाका विभिन्न शहरका मानिसले पछिल्लो समय लकडाउनको दिक्दारीबाट मुक्त हुन अनेक किसिमका उपाय अनपाएका छन् ।

कसैले होडिङ बोर्ड तथा ब्यानर टाँग्न थालेका छन् । ‘टिकटक’, ‘भिडिओ कल’ जस्ता कुराले मात्रै नपुगेपछि घरको बार्दलीमा रोचक र ठट्यौला पेन्टिङ तथा ठूला ब्यानर टाँगेर रमाइलो गरिरहेका छन् ।

सामाजिक सञ्जालमा त्यस्ता तस्वीरहरू भाइरल समेत बनेका छन् । अनइन्स्टल २०२० इट्स गट अ भाइरस, माइ हजबेन्ड फर सेल यी दुई ब्यानर सामाजिक सञ्जालमा धेरै भाइरल बनेका हुन् ।

यस्ता अन्य व्यानर पनि रमाइलो पारामा घरमा टाँगिएका हुन् । यी ठट्यौला सन्देशसहितका ब्यानर पहिलो पटक कसले र कहिले टाँगेको थियो भन्नेबारे विस्तृतमा खुलेको छैन ।

यी ब्यानर माइन्ड फ्रेस गर्न घरबाहिर बरण्डामा टाँगिएको बताइएको छ ।

Published : Friday, 2020 September 11, 7:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया