सेरेना यूएस ओपनको क्वार्टरफाइनल प्रवेश

न्युयोर्क । सेरेना विलियम्स अमेरिकी (यूएस) ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन् ।

अमेरिकाको न्युयोर्कमा सोमबार राति भएको खेलमा ग्रिसकी मारिया सक्कारीलाई हराउँदै सेरेनाले अन्तिम आठमा स्थान बनाएकी हुन् ।

६ पटकको विजेता सेरेनाले १५औं वरीयताकी सक्कारीलाई ६–३, ६–७ (६–८), ६–३ को सेटमा पराजित गरिन् ।

३८ वर्षीया सेरेनाले सेमिफाइनल प्रवेशका लागि बुल्गेरियाकी स्विवेताना पिरोनकोभासँग खेल्ने छिन् ।

सेरेना विलियम्स २४औं ग्रान्डस्लाम उपाधिको खोजीमा छिन् । उनी यूएस ओपनको उपाधि जित्दै मार्गरेट कोर्टको कीर्तिमानसँग बराबरी गर्ने अभियानमा छिन् ।

दोस्रो वरीयताकी अमेरिकी सोभिफा केनिन भने प्रतियोगिताबाट बाहिरिएकी छन् ।

Published : Wednesday, 2020 September 9, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया