बोइलर कुखुराको मासु दुई सय रुपियाँ किलो

भरतपुर । कोरोनाको महामारी र निषेधाज्ञाका कारण बोइलर कुखुराको मासुको मूल्यमा गिरावट आएको छ ।

फर्ममा रहेका कुखुरा बजारसम्म पुग्न नसक्दा मासुको मूल्यमा गिरावट आएको व्यवसायीहरूले बताएका छन् ।

चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा मासुको मूल्यमा गिरावट आएको जनाइएको छ ।

एक हप्ताअघि प्रतिकेजी खुद्रा रु.४२० रहेको कुखुराको मासुको मूल्य अहिले रु.२०० पुगेको छ ।
कोरोनाको महामारी तीव्र गतिमा बढ्दै गएपछि ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा छ ।

नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालले पोल्ट्री व्यवसाय अति संवेदनशील क्षेत्र भएकाले निर्बाधरुपमा सञ्चालन नहुँदा कृषक प्रत्यक्ष मारमा परेको बताए ।

बोइलर कुखुराको चल्ला कोरल्न २२ दिन लाग्छ । निषेधाज्ञाको प्रभाव चल्ला उत्पादन गर्ने ह्याचरी पनि परेको छ । चितवनमा प्रतिहप्ता ४५ लाख चल्ला उत्पादन हुन्छ ।

एउटा चल्लाको हालको मूल्य रु.३० छ । लागत मूल्य रु.५६ पार्न आउने व्यवसायीहरू बताउँछन् ।

उपत्यकामा पाँच लाख केजी मासु खपत हुन्छ भने नेपालभर दैनिक १० लाख किलो मासु खपत हुने गर्दछ ।

चितवनबाट काठमाडौं, पोखरा र बुटवलमा कुखुरा निर्यात हुँदै आएको छ ।

Published : Saturday, 2020 September 5, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया