बारामा मोटरसाइकल ‘उपत्पादन’ शुरू

काठमाडौं । नेपालमा मोटरसाइकल, स्कुटर र तीनपांग्रे सवारी साधन एसेम्बल प्लान्ट शुरु भएको छ ।

शंकर ग्रुपले सवारी साधन एसेम्बल प्लान्ट शुरू गरेको जनाएको छ । एसेम्बल प्लान्टका लागि एक अरब लगानी गरिएको छ ।

बारा जिल्लाको सिमरामा उद्योग स्थापना गरेर एसेम्बल शुरू गरिएको जगदम्बा मोटर्समा उपाध्यक्ष दीपक अग्रवालले बताएका छन् ।

टिभिएसको मोटरसाइकल, स्कुटर र तीन पांग्रे सवारी साधन उत्पादन हुनेछ । पहिलो चरणमा अपाचे १६० को उत्पादन शुरू गरिएको छ । सवारी साधनमा मूल्यमा भने धेरै छुट हुनेछैन ।

सवारी साधनका सबै सामानहरू आयात गरेर सिमराको प्लान्टमा जोडजाड गरिनेछ । केही मजदुरले रोजगारी पाए पनि उपभोक्तालाई खरिद मूल्यमा खासै सहयोग हुनेछैन ।

Published : Friday, 2020 September 4, 6:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया