कोरोनाको उपचारमा ‘स्टेरोइड्स’ औषधिको प्रयोग

लण्डन । कोरोनाभाइरसका गम्भीर बिरामीलाई सस्तो ‘स्टेरोइड्स’ले बचाउन सकिने अध्ययनहरूले देखाएको छ ।

गम्भीर हेरचाहमा कोभिड बिरामीहरूलाई व्यापकरुपमा ‘स्टेरोइड्स’को प्रयोग हुँदै आएको बीबीसीले जनाएको छ ।

‘स्टेरोइड्स’बाट हरेक १०० बिरामीमध्ये आठ जनाको ज्यान बचाउन सकिएको ‘जामा’मा प्रकाशित नतिजाले देखाएको छ ।

जुन महिनामा डेक्सामेथासोन नामक स्टेरोइडसले कोरोनाका गम्भीर बिरामीहरुको उपचार गरिएको थियो । निको हुने आशा गरेर परीक्षणमा ल्याइएको त्यो पहिलो औषधि थियो ।

विश्वभरिका कोरोनाभाइरस बिरामीहरूमा स्टेरोइड्ससम्बन्धी सबै ‘क्लिनिकल’ परीक्षणहरू ल्याएको छ । यसले डेक्सामेथासोनले राम्रोसँग काम गरेको देखाएको छ ।

अर्को स्टेरोइड हाइड्रोकोर्टिसोन पनि डेक्सामेथासोनजत्तिकै प्रभावकारी रहेको सुनिश्चित गरिएको छ ।

‘यस वर्षको सुरुमा यसको कुनै खास उपचार छैन भनेर हामीलाई लगभग निराश महसुस भयो’, इम्पीरियल कलेज लण्डनकी प्राध्यापक एन्थोनी गोर्डनले भने, ‘छ महिनाभन्दा कम समयपछि हामीले यस विनाशकारी रोगलाई कसरी सामना गर्ने भन्नेबारेको उच्च गुणस्तरको क्लिनिकल परीक्षणहरूमा हामीले स्पष्ट र भरपर्दो प्रमाण पत्ता लगायौं ।’

एक हजार ७०३ गम्भीर प्रकृतिका बिरामीको परिणामबाट ४० प्रतिशतको मृत्यु भएको थियो ।

जबकि, केवल उच्चस्तरको उपचार दिइयो । तर, स्टेरोइड्स दिएपछि ३२ प्रतिशतमात्र बिरामीको मृत्यु भएको थियो ।

Published : Thursday, 2020 September 3, 9:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया